बागलुङ : नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फबाट दिलमाया पौवी सिफारिस भएकी छिन् । लामो समयदेखि पार्टीमा सक्रिय हुँदै आएकी पौवी स्थानीय तहको निर्वाचन २०७४ मा ढोरपाटन नगरपालिकाको उप मेयरमा पराजित भएकी थिन् ।
उपमेयरमा पराजित भए पनि बिचलित नभई पार्टी संगन निर्माणमा लागि रहेकी छिन् । स्थानीय तहको निर्वाचन २०७९ को निर्वाचनमा पनि उनले उपमेयरमा उम्मेदवारी दिएकी थिइन् । पछि पार्टी नेतृत्वले उनलाई फिर्ता हुन आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
नेतृत्व तहका नेताहरुले अन्य निर्वाचनमा सहघाउने प्रतिबद्धता समेत जनाएका थिए । पौवी महिला, बालबालिका तथा दलित अधिकारका लागि आवाज उठाउँदै आएकी छिन् । पार्टीले उनसहित नरजंग घर्ती, तुलासिंह घर्ती, मेषलाल शर्मा, सीताकुमारी शर्मा र हितदेवी घर्तीको नाम सिफारिस गरेको छ ।
पौवीले आफूले लामो समयदेखि पार्टी संगठन विस्तामा काम गर्दै आएको हुँदा आफू प्रदेश सभा सदस्यमा लागि सिफारिस हुनु स्वभाविक भएको बताउनुभयो ।