कृषि ज्ञान केन्द्र बागलुङले  किसानको घर घरमै पुगि अनुगमन र समिक्षा गर्‍यो 

कृषि ज्ञान केन्द्र बागलुङले  किसानको घर घरमै पुगि अनुगमन र समिक्षा गर्‍यो 

  • भाद्र २५, २०७९ शनिवार
  • २०:३४:३४ बजे
  • 3.5K
    SHARES
  • कृषि ज्ञान केन्द्र बागलुङले  किसानको घर घरमै पुगि अनुगमन र समिक्षा  गर्‍यो 

    बागलुङ : कृषि ज्ञान केन्द्र बागलुङले विभिन्न स्थानीय तहका कृषकहरुसँग गत आर्थिक वर्षमा संचालित कार्यक्रमहरुको  घरमै पुगि  स्थलगत अनुगमन, समिक्षा र गोष्ठी कार्यक्रम गरेको छ ।

    भदै २१ गतेदेखि २३ गते सम्म ज्ञान केन्द्रको प्रमुख भानुभक्त भट्टराईको संयोजकत्वमा प्राविधिकसहितको टाेलीले जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ५ मसलगाउँमा  संचालित मुख्यमन्त्री वातावरणमा मन्त्री  नमुना कृषि गाउ, निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पेमा संचालित मनकामना ३ जातको मकै मुल बिउ उत्पादन, गलकोट नगरपालिकामा संचालित विभिन्न कार्यक्रमहरुको अनुगमन र काठेखोला गाउँपालिकामा रैथाने बाली  कोदाे तथा अन्य जातका बालीहरुको समिक्षा अनुगमन गरिएको हाे।

    उक्त अनुगमनमा निसीखोला गाउँपालिका भित्र संचालित कार्यक्रमको अनुगमनमा गण्डकी प्रदेशका प्रदेश मामिला  सभापति खिमविक्रम शाही, निसिखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगर लगायतकाे उपस्थिति रहेको थियो । 

    उक्त स्थलगत अनुगमनमा  किसानहरू धेरै खुशी भएर स्थलगत ठाँउमा नै कृषि प्राविधिक तालिमको माग गरेका थिए । त्यस मागलाई  सहजरूपमा पूरा गर्ने कार्यलय प्रमुख भट्टराईले बताए ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार