ढाेरपाटन नगरपालिकाले तलब घटाएपछि बाल विकास सहजकर्ता असन्तुष्ट

ढाेरपाटन नगरपालिकाले तलब घटाएपछि बाल विकास सहजकर्ता असन्तुष्ट

  • भाद्र २७, २०७९ सोमवार
  • ०८:३९:३३ बजे
  • 2.8K
    SHARES
  • ढाेरपाटन नगरपालिकाले तलब घटाएपछि बाल विकास सहजकर्ता असन्तुष्ट

    बुर्तिबाङ : ढोरपाटन नगरपालिका अन्तरगतका बाल विकास सहजकर्ताहरुले नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकाले सहजकर्ताले खाइपाई आएको तलब भत्ता घटाएपछि ६ बुँदे मागसहितको ज्ञापन नगर उपप्रमुख धन बहादुर कायतलाई बुझाएका हुन् । 

    आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले सहजकर्तालाई स्थानीय तहबाट सात हजार रुपैयाँ दिनु पर्ने घोषण भएको थियो । सोही अनुसार सहकर्ताहरुले गत आर्थिक वर्ष साउन १ गतेदेखि २०७९ असार मसान्तसम्म तलब पाएका थिए । तर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा दुई हजार घटाएको छ । उनीहरुले नगरपालिकाले सात हजार र केन्द्रको १० हजारसहित १७ हजार पाउनु पर्ने मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।

    नगरपालिकाले सहजकर्तालाई पोसाक भत्ता, चार्डपर्व भत्ताको व्यवस्था, बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्रशिक्षण तथा तालिमको व्यवस्था, बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन शैक्षिक सामग्री अभाव भएको भन्दै आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गर्नु पर्ने मागसहित ज्ञापन पत्र बुझएका हुन् ।

    ढोरपाटनमा नगरपालिकाको खर्च व्यवस्थापनमा ३७ वटा र संघीय सरकारको व्यवस्थापनमा २४ वटा गरी ६१ बालविकास केन्द्र संचालनमा रहेका छन् । 


    विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार