दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी

दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी

  • कार्तिक ६, २०७९ आइतवार
  • ०७:५२:१० बजे
  • 2.1K
    SHARES
  • दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी

    काठमाडौं : हिन्दुहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार  नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो। उक्त अवसरमा समसामयिक राजनिती, बढ्दो भ्रष्टाचार तथा सामाजिकविसांगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो। उक्त  कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो।

    उक्त देउसी भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ,  हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुती दिए भने व्यङ्ग्यकविका रुपमा परिचित अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते। उक्त देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्व -प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

    No description available.

    प्रज्ञा भवन र डबलीमा खचाखच भरिएका दर्शकका अगाडि
    अच्युतराम भन्डारीको नेतृत्वमा ३८ जनाले तवलाबाट दर्शकलाई स्वागत गरे। लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावना सङ खेल्छन भन्ने प्रस्तुती दिए। सिद्धान्त फरक भए पनि सत्ता , शक्ति र पैसामा उनीहरूले इमान बेच्छन भन्ने कुराको प्रस्तुति दिंदा दर्शक तालीले समर्थन गरे। कवि अर्जुन पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे। विभिन्न कालखण्डमा नेता तथ नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको भर्याङ चढेर जनताका सपनामाथी खेलवाड गर्छन भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे।

    निरन्तर हरेक वर्ष तिहारको उपलक्ष्यमा सिस्नुपानी नेपालले देउसी भैलो कार्यक्रम गरे पनि यस अघि दुई वर्ष कोरोनाले गर्दा   आयोजना गर्न सकेको थिएन। दुई वर्ष पछि भएको कार्यक्रम भव्य र सभ्य भएको आयोजकले जनाएको छ। 'देउसी भैलो उत्साहजनक रह्यो। दर्शकको मायाले हामी पुलकित भएका छौं', संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने।

    No description available.

    देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानका रुपमा चलाउदै आएको छ। यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि आवाज उठाइरहने आयोजकले जनाएको छ। देशलाई सुशासनको मार्गमा खबरदारी गर्न सिस्नुपानीले निरन्तर लागिरहने आयोजकले जानकारी दियो।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार