नवराज परियार, बागलुङ : बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ वौरमा पाँच वर्ष अगाडिदेखि निर्माण सुरु भएको दुरामारे–वौर खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको छ ।
यस आयोजनाबाट वौरका ७० घरमा एक घर एक धारा निर्माण गरिने भएको छ । खानेपानीको अभाव हुँदा स्थानयले वर्षौँदेखि समस्या भोग्दै आएको हुँदा उनीहरुको समस्या समाधानका लागि योजना सुरु गरिएको हो । यस खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका स्थानीयलाई सहज हुने दुरामारे–वौर खानेपानीको उपभोक्तता समितिका अध्यक्ष सर्वजित घर्तिले बताए ।
उनले अहिलेसम्म खानेपानीको समस्यामा स्थानीयहरुले वर्षौँदेखि अशुद्ध पानी उपभोग गर्न बाध्य भएको बताए । उक्त आयोजनाको गत आर्थिक वर्ष २०७८/०७९ सालसम्मको प्रगति १३% भएको थियोे भने १ करोड ३० लाख खर्च भैसकेको र २०७९/०८० सालको बजेटमा ३० लाख विनोजित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय बागलुङका इन्जिनियर इश्वरी प्रसाद शर्माले बताए ।
उनका अनुसार काम अन्तिम चरणमा पुगेको छ । आयोजना सफल पार्नका लागि गुनासे र मालुका पातलमा पानीको मुहान बनाइ अहिले उक्त आयोजनाबाट ७० वटा धारा जडान गरिएको छ ।