बागलुङ : लायन्स क्लब अफ बागलुङ पिस टाउनले लेखानीमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीको काशिराम प्राथमिक विद्यालयका अध्ययनरत ४३ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
उनीहरुलाई उनीको स्वीटरसंगै टोपी र कापी कलम सहित स्टेशनरीसंगै मास्क समेत वितरण गरिएको थियो ।
विद्यार्थीहरुलाई जोन चेयर पर्सन लायन गोविन्द बहादुर पौडेल (गोपाल), काठेखोला—८ लेखानीका वडाध्यक्ष चित्रा श्रीस तथा लायन्स क्लब अफ बागलुङ पिस टाउनका चार्टर प्रेसिडेन्ट शनिसा काउचाले सामग्री प्रदान गरेका थिए ।
लायन्स क्लब अफ बागलुङ पिस टाउनले विभीन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको क्लबकी अध्यक्ष रमा घिमिरेले जानकारी दिईन् ।
