बडिगाडको १२ औँ गाउँसभा  

बडिगाडको १२ औँ गाउँसभा  

  • पौष १८, २०७९ सोमवार
  • १८:३५:५० बजे
  • 1.8K
    SHARES
  • बडिगाडको १२ औँ गाउँसभा  

    बागलुङ : बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभाले दुई वटा ऐन संशोधन गरेको छ भने एउटा ऐन पारित गरेको छ । आज भएको गाउँसभाले आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ संशोधन गरेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

    सभाबाट बडिगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ पारित भएको अध्यक्ष अधिकारीको भनाई छ । बैठकमा गाउँपालिकको अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षका थप कार्यक्रमका बारेमा चर्चा भएको थियो ।

    सो अवसरमा नवौँ राष्ट्रिय खेलकुदमा बडिगाड गाउँपालिकाबाट सहभागी पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो । बैठकमा बोल्दै अध्यक्ष अधिकारीले जनताको जनजिविकासँग जोडिएका विषयलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

    भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगार अहिलेको आवश्यकता भएको हुँदा यसैमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमशेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार