धिमी करिना मावि ६२ औं वार्षिकोत्सव  

धिमी करिना मावि ६२ औं वार्षिकोत्सव  

  • माघ १२, २०७९ बिहिवार
  • १८:२८:२३ बजे
  • 2.7K
    SHARES
  • धिमी करिना मावि ६२ औं वार्षिकोत्सव  

    बागलुङ : काठेखोला गाउँपालिका–१ पाला स्थित धिमी करिना माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा ‘तिलक’ले शिक्षा विकासको जग भएको भन्दै अब शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र जीवन उपयोगी बनाउनु पर्नेमा जोड दिए । विद्यालयको शैक्षिक तथा भौतिक विकासको निम्ति गाउँपालिका सधै तप्पर रहने उनको भनाई छ । 

    उपाध्यक्ष थापाले पछिल्लो समय सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको बताए । विगतमा सामुदायिक विद्यालयलाई हेरिने दृष्टिकोण अहिले फेरिएको थापाको भनाई छ । गाउँपालिका अन्तरगतका सबै विद्यालयका भौतिक तथा शिक्षाको गुणस्तर वृद्धिका लागि काठेखोलाले ठूलो लगानी गरेको बताए ।कार्यक्रम गाउँपालिका शिक्षा शाखा प्रमुख रमाकान्त कँडेल, सरस्वती प्राथमिक विद्यालयका प्राधानाध्यापक रेशम नेपाली, शिक्षक शुनिल पन्त, गोर बहादुर विक लगायतले कार्यक्रममा बोलेका थिए ।

    कार्यक्रममा विद्यालयका प्राधानाध्यापक रतन थापाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम  विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खडक बहादुर थापाले आफ्नोे तलब भत्ता बापत प्राप्त गरेको ५५ हजार पाँच सय पच्पन्न रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् ।

    उनले विद्यालयका भौतिक तथा शैक्षिक सुधारका लागि यो रकम सहयोग गरेको बताए । थापाले यस अगाडि सोही वडाको जनकल्याण आधारभुत विद्यालयलाई ३३ हजार तीन सय तेत्तीस, सरस्वती प्राविलाइ १८ हजार र बराह प्राथमिकलाई  १८ हजार सहयोग गरेको बताए । कार्यक्रम  चन्दादाता, परिक्षामा उत्कृष्ट विद्यार्थीहरु वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममा उत्कष्ट विद्यार्थीलाई विद्यार्थीहरुका पुरस्कार र सम्मान गरिएको थियोे ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बहादुर थापाको अध्यक्षता, शिक्षिका देवि विककको स्वागत र शिक्षक सालिन्द्र घर्ती मगरको संचालनमा सम्पन्न भएको थियोे ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार