बागलुङ : बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रुपमा विकास गर्न गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले माग गरेका छन् ।
संसदमा बोल्दै सांसद कुँरले २०६४ सालमा जिल्ला अस्पताललाई बुर्तिबाङमा स्थानान्तरण गर्ने निर्ण भए पनि अहिलेसम्म त्यो काम हुन नसकेको भन्दै तत्काल सो निर्णय कार्यान्वयन गर्न आग्रह गरेका हुन् । बुर्तिबाङमा १०० शैयाको अस्पताल निर्माण गरेर यहाँका जनतालाई सहज स्वास्थ्य सेवा दिलाउन सरकारसँग माग गरे ।
उनले भने– ‘अहिले यहाँका जनताहरु सामान्य उपचारका लागि हजारौँ खर्च गरेर टाढा–टाढा जानु पर्ने अवस्था छ, दैनिक बिरामीको चाँप बढेको छ, एमबीजिपी डाक्टर छैन यहाँ ।’ अहिले दैनिक ३०० जना बिरामी स्वास्थ्य केन्द्रमा आउने गरेको भन्दै उनीहरुलाई सहज सेवा प्रदान गर्न समस्या भइरहेको बताए ।