दिपेन्द्र परियार
बागलुङ : गण्डकी प्रदेश सांसद कृष्ण थापाको गाडी तोडफोड भएको छ ।
गण्डकी प्रदेश मामिला सभापति समेत रहेका थापाको बरेङ गाउँपालिकामा गाडी तोडफोड भएको हो ।
राष्ट्रिय जनमोर्चाको कार्यक्रममा सहभागी हुन बरेङ पुगेका
थापाको गाडीमा अज्ञात समुहले तोडफोड गरेको बताईएको छ ।
बरेङ गाउँपालिका—३ बाटाकाचौर साग्दीमा पार्किङ गरी राखिएको ग १ झ ३७१ नम्बरको स्कर्पियोको रातीको
समयमा पछाडीको सिसा अज्ञात समुहले फुटाएको ईलाका प्रहरी कार्यालय बरेङका प्रहरी नायव निरीक्षक लक्ष्मण देवकोटाले बताए ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको देवकोटाले जानकारी दिएको छ ।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियानमा
सहभागी हुन बरेङ थापा बरेङ पुगेका थिए ।