राजनीति

धवलागिरि क्याम्पसका उपप्राध्यापकनै एमाले गण्डकीको सदस्यका उम्मेदवार

धवलागिरि क्याम्पसका उपप्राध्यापकनै एमाले गण्डकीको सदस्यका उम्मेदवार

  • आश्विन १८, २०८० बिहिवार
  • १२:५०:५० बजे
  • 19.7K
    SHARES
  • धवलागिरि क्याम्पसका उपप्राध्यापकनै एमाले गण्डकीको सदस्यका उम्मेदवार

    बागलुङ : कानुनतः शिक्षण पेसा अंगालेका व्यक्ति राजनीतिक दलको सदस्यता लिई कुनै पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ । तर पछिल्लो समय शिक्षक, प्राध्यापक, उप्राध्यापक र राष्ट्र सेवक कर्मचारी राजनीतिक दलको सदस्यता लिई चुनावमै होमिने गरेको पाइएको छ । यतिबेला नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन चलि राखेको छ । त्यस अधिवेशनमा प्रदेश कमिटि सदस्यका लागि बागलुङ जिल्ला भूगोल खुल्ला सदस्यमा धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक डा.डिल्लीराज गौतमले उम्मेदवारी दिनु भएको छ ।

    कलस्टर नम्बर ५२ क्रम संख्या १ संकेत रहेको पोस्टर आफ्नै सामाजिक सञ्जालमा राखेर भोग माग्नु भएको छ । गौमतको उम्मेदवारीले विद्यार्थी तथा विभिन्न व्यक्तिहरुले आलोचना गरि रहेका छन् । कानुनत उहाँ उपप्राध्यापक भएको हुँदा खुलेआम राजनीति गर्न पाइँदैन । त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम ०५० को परिच्छेद ९ को आचरण सम्बन्धी महलको नियम ६७ मा शिक्षक कर्मचारीले कुनै पनि दलको सदस्यता लिई वा नलिई राजनीतिक निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।

    गौतमले यस नियमलाई ठाडो चुनौति दिँदै गण्डकी प्रदेश सदस्यको उम्मेदवारी बन्नु भएको छ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रमुख डा. रामप्रसाद उपाध्यायले कुनै पनि शिक्षक कर्मचारीले राजनीतिक दलको स्थानीयदेखि केन्द्रसम्म कुनै पदमा बस्न नपाइने व्यवस्था रहेको भन्दै उपप्राध्यापक गौतमले त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियमको उल्लङ्घन गरेको बताउनुभयो । गौतमका विरुद्ध कसैले मुद्धा हाले छानबिन हुने बताउनुभयो ।

    क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो – “त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियमले नै स्पष्ट भनेको छ, हामीले केही भन्नै पर्दैन, कसैले उहाँ विरुद्ध मुद्धा हाले छानबिन हुन्छ, गौतम सर दुई/चार दिन पोखरा तिर जान्छु भनेर बिदामा बस्नु भएको छ ।”

    स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा उपप्राध्यापक गौतमको उम्मेदवरीको ब्यानर बनाएर व्यङ्ग्यात्मक रुपमा विरोध गरेको छ । स्ववियु सभापति सुदिप सागर कँडेलले शैक्षिक मर्यादा कायम गर्नका लागि स्ववियुले व्यङ्ग्यात्मक रुपमा विरोध गरेको बताउनुभयो । यस अगाडि पनि शिक्षक कर्मचारी यस्ता खालका थुप्रै गतिविधि गर्दै आएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो – “यो एउटा प्रतिनिधि घटना भएको हुँदा रचनात्मक विरोध गरेका छौँ, यसै गरि कानुनको ध्वज्जी उडाउँदै कानुन विपरितको गतिविधि भए शैक्षिक मर्यादा र विद्यार्थीको हकहित कायम गर्न जस्तो सुकै कदम चाल्न हामीहरु बाध्य हुने छौँ ।” cp : aadarshasanchar


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार