बुर्तिबाङ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा श्रेष्ठ

बुर्तिबाङ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा श्रेष्ठ

  • मंसिर २९, २०८० शुक्रवार
  • २०:४४:२८ बजे
  • 2.9K
    SHARES
  • बुर्तिबाङ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा श्रेष्ठ

    बागलुङ : लामो समयदेखि समितिविहीन बनेको बुर्तिबाङ खानेपानी उपभोक्ता समितिको तदर्थ समितिको गठन गरिएको छ । ढोरपाटन नगरपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता ऐन २०७९ मा भएको व्यवस्था अनुसार उपभोक्ताहरुको भेलाले युवा समाजसेवी  दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समितिगठन भएको हो ।

    उक्त समितिको कार्यअवधि ६ महिना रहने विधानमा उल्लेख गरिएको छ । समितिको उपाध्यक्षमा गंग बहादुर शेर्बुजा, सचिव नविन आर्चाय, कोषाध्यक्ष असारी वि.क., सदस्यहरु देव बहादुर वि.क, रत्न कुमारी शेरचन, दधिकला पाण्डे, सुनिता वि.क., सरिता वि.क., मिना विश्वकर्मा, नरिश्वर कँडेल, दल बहादुर भण्डारी, विनोद भण्डारी, लाल बहादुर घर्ती र शेर बहादुर वि.क. रहेका छन् ।

    त्यस्तै समाजसेवी धन बहादुर कुवँरको संयोजगत्वमा तीन सदस्यीय लेखा समितिको गठन गरिएको छ । समिति सदस्यमा मञ्जु कुवँर महत र सोम बहादुर पौवी (यामु ) चयन भएका छन् । विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केही सुधार गरि पारित गरिएको छ ।  

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार