बागलुङ महोत्सवमा राष्ट्रपति पौडेल बागलुङ आउँदै

बागलुङ महोत्सवमा राष्ट्रपति पौडेल बागलुङ आउँदै

  • पौष २, २०८० सोमवार
  • ०८:४९:०७ बजे
  • 17.2K
    SHARES
  • बागलुङ महोत्सवमा राष्ट्रपति पौडेल बागलुङ आउँदै

    बागलुङ : राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउनु हुने भएको छ । आगामी पौष ११ देखि २१ गतेसम्म बागलुङ महोत्सवलाई सम्बोधन गर्न पौडेल बागलुङ आउनुहुने भएको हो । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा संचालन हुन थालेको ‘बागलुङ महोत्सव २०८०’ लाई उद्घाटन राष्ट्रपति पौडेल गर्न पौष ११ गते बागलुङ आउने संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेल बागलुङ आउने भएसँगै तयारीमा जुटेको अध्यक्ष कँडेलको भनाइ छ । पौडेल बागलुङ आएको बेला सर्वसिद्धि धाम पञ्चकोट, सालिग्राम संग्राहलय र बागलुङ कालिका मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको कँडेलले जानकारी दिनुभयो । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको उहाँको भनाइ छ ।

    महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्याउने अध्यक्ष कँडेलले बताउनुभयो । पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएको हुँदा महोत्सवले आर्थिक बजारलाई चलायमान बनाउने उहाँको भनाइ छ । महोत्सवमा एक सय बिसभन्दा बढी स्टलहरुमार्फत मेलामा राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उहाँले बताउनुभयो ।

    हरेक तीन/तीन वर्षमा गरिँदै आएको महोत्सव अघिल्लो पटक कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । सो अवसर सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।  

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार