छविलाल पाण्डे
मध्यपहाडी लोकमार्गमा पर्ने दश नमुना शहर मध्यको एक बुर्तिबाङमा बाढी पहिरोको उच्च जोखिममा रहेको
भन्दै व्यवस्थित तटवन्धको निम्ती केन्द्रिय योजनामा पहल गरिदिन भन्दै बजारबासीले नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँर समक्ष माग राखेका छन ।
बर्षातको समयमा पछिल्ला वर्षमा बुर्तिबाङ बजार क्षेत्रमा भुँजी खोला र तमान खोलाले नदि तटिय
क्षेत्रको भुभाग बगाउँदै लगेको र नदि छेउँ तथा सिँगो बजार क्षेत्र नै बाढिको उच्च जोखिममा रहेका कारण मेशिनरी वाल सहित व्यवस्थित बनाउने गरी दैवि प्रकोप, उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा पहल गरी बजार जोगाउन पहल गरीदिन स्थानिय बासिले नेता कुवँर समक्ष माग राख्दै हस्ताक्षर सहितको निर्णय बुझाएका छन ।
विपद व्यवस्थापन समितीका अध्यक्ष एवम बागलुङका प्रमुख जिल्ला अधिकारी ज्यु समक्ष समेत पहलका निम्ती आग्रह गर्ने निर्णय गर्दे बाढी पहिरोबाट हुन सक्ने ठुलो धनजनको क्षेतिलाई समयमै कम गर्नका निम्ती केन्द्रिय सरकार समक्ष पहल गरीदिन आग्रह गरीएको स्थानिय सोम पौवीले बताए ।

स्वर्गीय साँसद ज्ञानकुमारी छन्त्यालको पहलमा २०७३ को बाढि पछि बुर्तिबाङ बजारको केहि क्षेत्रमा ग्याविन जाली लगाइएको थियो पछिल्ला बर्षमा थप बाढि पहिरोको जोखिम बद्दै जाँदा बजार उच्च जोखिममा रहेका कारण आफुहरुले यस्तो माग गरीएको स्थानिय चुनमान दर्जिको भनाई छ । बजार जोखिममा रहेका कारण त्यसको व्यवस्थापन दिर्घकालीन रुपले गर्नुपर्ने नेता सागर छन्त्यालले बताए ।
जनताले उठाएको महत्वपूर्ण मागलाई आफुले सहर्ष स्विकार गरेको र आर्थिक बर्ष २०७८÷७९ को केन्द्रिय बजेटमा पर्ने गरी आफुले सम्बन्धित निकायमा पहल गर्ने नेता दोर्णकुमार कुवँरले बताए ।
आफनो पार्टीको नेतृत्वमा सरकार नभएपनी आफुले सक्ने काम गरेर देखाउने बताउँदै जोखिममा रहेको बजारलाई व्यवस्थापन गरीनु सबैको दायित्व रहेको उल्लेख गरे ।
ढोरपाटन नगरपालिका ३ छर्छरे, दुले, चुरेला बास हुँदै लक्ष्मिकुण्ड मोटरेवल पुल, रिभरहेड र खप्तरीबाङ सम्मको क्षेत्रको बस्ति जोखिममा रहेको आफुले स्थलगत देखेका कारण त्यसको व्यवस्थापनमा आफु जुट्ने बताउनु भयो ।
कार्यक्रम समाजसेवी शालिकराम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।