एसईईमा काठेखोलाबाट ६३.१५ प्रतिशत विद्यार्थी उत्तिर्ण

एसईईमा काठेखोलाबाट ६३.१५ प्रतिशत विद्यार्थी उत्तिर्ण

  • आषाढ १९, २०८१ मंगलवार
  • १३:१०:२९ बजे
  • 3.8K
    SHARES
  • एसईईमा काठेखोलाबाट ६३.१५ प्रतिशत विद्यार्थी उत्तिर्ण

    बागलुङ : माध्यमिक शिक्षा परीक्षा (एसईई)मा काठेखोला गाउँपालिकाबाट ६३.१५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । एक निजीसहित ११ वटा माध्यमिक विद्यालय रहेको काठेखोलाबाट ३२३ विद्यार्थी परीक्षामा सम्मेलित भएका थिए । त्यस मध्ये २०४ जना उत्तिर्ण भएका छन् भने ११९ अनुत्तिर्ण भएका छन् ।

    परीक्षामा बिहुँकोट लालिगुँरास बोर्डिङका सबै विद्यार्थी उत्तिर्ण भएका छन् । यस विद्यालयबाट १० जना परीक्षामा सम्मेलित भएकोमा सबै यत्तिर्ण भएका हुन । धारा मध्यमिक विद्यालयबाट ३२ जना परीक्षामा सम्मेलित भएकोमा २५ जना, रेश नुनथला माध्यमिक विद्यालयबाट ३५ जनामा २६ जना, भिमशेन माध्यमिक विद्यालयबाट ४६ जनामा ३४ जना उत्तिर्ण भएको गाउँपालिकाले जनाएको छ ।

    अमर माध्यमिक विद्यालयबाट ४४ जना विद्यार्थी परीक्षामा सम्मेलित भएकोमा ३१ जना उत्तिर्ण भएका छन् । धिमी करिना माध्यमिक विद्यालयबाट २१ जनामा एक जना, जनकल्याण माध्यमिक विद्यालयबाट ३५ जनामा १६ जना, जनता माध्यमिक विद्यालयबाट २१ मा १३ जना, लक्ष्मी माध्यमिक विद्यालयबाट १५ मा १०, लेखानी माध्यमिक विद्यालयबाट ३६ मा २५ जना र नारायणी माध्यमिक विद्यालयबाट २८ जना विद्यार्थी परीक्षामा सम्मेलित भएकोमा १४ जना उत्तिर्ण भएका छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार