बागलुङ : निसीखोला गाउँपालिकाले उत्कृष्ट कृषकलाई सम्मान कार्यक्रम गरेको छ । पालिका सात वटा वडाबाट एक/एक जना उत्कृष्ट कृषक छनोट गरि सम्मान गरेको हो । कृषकलाई गाउँपालिकाले १० हजार पुरस्कारसहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत जीवन पुनले बताए ।
किसानहरुलाई आफ्नो कर्मप्रति हौसला प्रदान गर्नका सम्मान गरेको उनको भनाइ छ । वैदेशिक रोजगारमा नगएर आफ्नो घरबारी नै काम आत्मनिर्भर बन्ने किसानबाट अरुले पनि सिक्न जरुरी रहेको उनले बताए ।
कृषक सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले स्वदेशमा संभावना धेरै रहेको हुँदा युवाहरु पछिल्लो समय गाउँमै पौरख गर्न थालेको बताए । गाउँ घरमै उद्यमी बन्ने किसानलाई गाउँपालिकाले हरेक वर्ष अनुदान लगायत प्राबिधिक सहयोग गर्दै आएको भन्दै अब कृषकमुखी काम गर्दै जाने बताए ।
गाउँपालिकाले वडा नम्बर १ का नर बहादुर कुँवर, वडा नम्बर २ का मतिलाल सापकोटाल, वडा नम्बर ३ का भिम बहादुर चन्द, नम्बर ४ बाट लिला बहादुर घर्ती, नम्बर ५ बाट पुनिकला बुढा, नम्बर ६ बाट टेकबहादुर घर्ती र वडा नम्बर ७ बाट तारा बहादुर घर्तीलाई पुरस्कृत तथा समम्मान गरिएको हो ।