सुन्तला प्रवर्द्धन

बागलुङको दमेकमामा लगाइयोे दुई हजार ८०० सुन्तलाका विरुवा

बागलुङको दमेकमामा लगाइयोे दुई हजार ८०० सुन्तलाका विरुवा

  • आषाढ २७, २०८१ बुधवार
  • ०६:३८:५९ बजे
  • 2.2K
    SHARES
  • बागलुङको दमेकमामा लगाइयोे दुई हजार ८०० सुन्तलाका विरुवा

    ढोरपाटन : दिनप्रति दिन गाउँमा बसाइँसराइ बढ्दो छ । बसाइँसराइले उजाडिदै गएको गाउँमा स्थानीयले सुन्तला खेती थालेका छन् । बागलुङको जैमिनी नगरपालिका–२ दमेक चैराकका स्थानीय बाँझो जमिनको उपयोग गरि सुन्तला खेती गर्न थालेका हुन् । वर्षौँदेखि सुन्तला उत्पादन हुँदै आएको दमेकमा यस वर्ष थप दुई हजार ८०० विरुवा लगाइएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको सहयोगमा स्थानीयले सुन्तला खेती विस्तार गरेका हुन् । परम्परागत रुपमा खेती गर्दै आएका किसानले नयाँ प्रबिधिमार्फत जग्गा चक्लाबन्दी गरि खुन्तला खेती गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको १० लाख र स्थानीय किसानको छ लाख ४० हजार रुपैयाँ लागतमा १४० रोपनी बाँझो जग्गामा सुन्तला लगाइएको हो ।

    वार्षिक सुन्तला बेचेर ४० लाख रुपैयाँ गाउँमा भित्राउँदै आएका यहाँका किसानले अब केही वर्षमै आम्दानी बढाउने छन् । सुन्तला खेतीले गाउँका खाली जग्गा सदुपयोगमा आउने र किसानको आम्दानीको स्रोत बन्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए ।

    चक्ला बन्दि गरेर कृषि गर्नका लागि कार्यायलले आवदेन आह्वान गरेको र त्यसमा धेरैले आवेदन दिए पनि दमेकी कृषक छनोटमा परेपछि सुन्तलाका विरुवा लगाइएको उनी बताउँछन् । प्रमुख पौैडेलले दमेक क्षेत्र सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र भएको भन्दै किसानले पर्वतको जलजलाबाट रैथाने जातको विरुवा लिएर लगाएको बताए ।

    यसभन्दा अगाडि पनि यहाँका किसानले सुन्तला खेती गर्दै आएको उनको भनाइ छ । पौडेलका अनुसार सुन्तला उत्पादनका लागि मध्यपहाडी क्षेत्रको हावापानीमा उपयुक्त हुन्छ । यहाँ सुन्तला लगाएपछि बाँझो जमिन प्रयोगमा आएको पौडेल बताउँछन् । कम मेहेनतमा पनि राम्रो आम्दानी गर्न सकिने हुँदा पछिल्लो समय किसान सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ ।  

    “हाम्रो कार्यालयले कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै आएको छ, यस वर्ष दमेकको चैराकको ठूलो क्षेत्रमा सुन्तलाका विरुवा लगाइएको छ, यहाँ पहिलेदेखिनै सुन्तला खेती गर्दै आउनु भएको रैछ, सुन्तला खेतीका लागि यो ठाउँ उपयुक्त पनि मानियो,” प्रमुख पौडेलले भन्नुभयो – “चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले १० लाख सहयोग गरेका छौँ, किसानहरु निकै उत्साहित भएर लाग्नु भएको छ ।”

    दमेकी सुन्तला कृषक समुह जैमिनी नगरपालिका–२ का अध्यक्ष ओमप्रकाश सापकोटाले गाउँमा मकै, धानसहित स्थानीयले धेरै वर्ष अगाडिदेखि सुन्तला खेती गर्दै आएकोमा पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न लागेको बताए । गाउँलेहरु सेवा सुविधाको खोजीमा बजार झर्दा गाउँको खेतीयोग्य जमिन बाँझो बनेको हुँदा अहिले त्यसको सदुपयोग गरेको उनको भनाइ छ । यहाँ उत्पादन हुने सुन्तलाले अहिलेसम्म बजारको समस्या भोग्न नपरेको भन्दै हरेक वर्ष पोखरा, काठमाडौँ र नारायणगढसम्म पुग्ने गरेको अध्यक्ष सापकोटाले बताए ।

    उनले भने – “पहिला–पहिला गाउँका जग्गा जमिनमा धान, गहुँ, मकै र कोदो लगाउने चलन थियो, सुन्तला लगाए पनि एक÷दुई बोट बारीको छेउमा लगाउने गरिन्थ्यो, अहिले सिंगो बारीनै सुन्तला खेतीका लागि प्रयोग गर्न थालिएको छ, सुन्तलाबाट हामीहरुले वर्षमा ४० लाख बढी आम्दानी गर्ने गरेका छौँ, यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठूलो सहयोग ग¥यो, अहिलेको सहयोगले अबको पाँच÷सात वर्षमा ठूलो आम्दानी हुने अपेक्षा गरेका छौँ ।” रासस


    राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार