पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

  • आषाढ २८, २०८१ बिहिवार
  • ०८:०८:०३ बजे
  • 3.4K
    SHARES
  • पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिदा एक जानको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

    घरमा एक्लै बस्दै आउनु भएकी शर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको बागलुङ नगरपालिका–७ का अध्यक्ष मेघनाथ गैरेले जानकारी दिए ।

    विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको उनको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरेले बताए ।

    लोकमार्ग अवरुद्ध

    भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरोे खस्दा लोकमार्ग अवरुद्ध भएको हो । पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

    त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार