बागलुङ : अखिल नेपाल किसान महासंघ बागलुङको पाँचौ जिल्ला भेला गलकोट हटिया बजारमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले किसान व्यवसायिक रुपमा लाग्नु पर्नेमा जोड दिए । पछिल्लो समय कृषि पेसामा लाग्नेको संख्या घट्दै जाँदा उत्पादनम कमी आउन थालेको उनको भनाइ छ । देशलाई आत्मनिर्भर बनाउनका लागि किसान जागरुक हुनु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापा, गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, जिल्ला सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार टंक केसी, गलकोट नगर उपाध्यक्ष लाल बहादुर राना, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पुष्कर सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका भक्तिराम पुन, जातीय समता समाजका रन बहादुर बिक लगायतकाले बोलेका थिए ।
जिल्ला भेलाले बेदिलाल सापकोटाको अध्यक्षतामा ३ सदस्यीय सल्लाहकार सहित ९ सदस्यीय अखिल नेपाल किसान महासंघ जिल्ला समिति बागलुङ चयन गरेको छ । जसको उपाध्यक्ष होम बहादुर पुन, सचिव खडक बिक, कोषाध्यक्ष लिल बहादुर घर्ती सदस्यहरुमा तुल्सीराम खरेल, दिल बहादुर पुन, लक्ष्मीदत्त आचार्य, भिमनाथ शर्मा र मेयरसिह छन्त्याल रहेका छन् ।
सल्लाहकारमा धर्म बहादुर कुँवर, गुमानसिह खत्री र गंगा थापा रहेका छन् ।कार्यक्रम लक्ष्मीदत्त आचार्यको अध्यक्षता, लिल बहादुर घर्तीको स्वागत मन्तव्य र संचालन खडक बिकले गरेका थिए ।