नेवि संघको तीन दिने तिज मेला सकियो

नेवि संघको तीन दिने तिज मेला सकियो

  • भाद्र १९, २०८१ बुधवार
  • १७:११:४० बजे
  • 2.6K
    SHARES
  • नेवि संघको तीन दिने तिज मेला सकियो

    बागलुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले मौलिक संस्कृतिलाई संरक्षण गर्नु पर्ने सबैको दायित्व रहेको बताएकी छिन् । नेपाल विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको तिज मेलाको मुख्य समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

    May be an image of 5 people and text

    गण्डकी प्रदेशको प्रदेश मामिला तथा कानुन समितिको सभापतिसमेत रहेकी खड्काले हिन्दु नेपालीहरुको महान चाड हरितालिका तिज पनि पछिल्लो समय विकृत वन्दै गएकोमा चिन्ता व्यक्त गरिन् । महिलाहरुको दुःख सुख साट्ने वर्ष दिनमा भेट नभएको माइति चेली र परिवारसँग बसेर सुख दुख बाड्ने चाड अहिले भड्किलो रुपमा होटल तथा रेष्टुरेन्टमा हप्तौ अगाडिदेखि मनाईरहनु संस्कृतिमा बिचलनको संकेत भएको बताइन् ।कार्यक्रममै युवाहरु पछिल्लो समय समाज र संस्कृतिको विषयमा मात्र नभएर हरेक विषयमा विचलन र पलायन भैरहेको सन्दर्भमा नेविसंघले सवैको विचार र इच्छालाई समेट्ने गरी ३ दिने कार्यक्रम गर्नु सह्रानिय काम भएको बताइन् ।

    May be an image of 4 people, dais and text

    उनले भनिन् ‘युवाहरु निराशसंगै पलायनतामा लागिरहेका छन्, यस्तो समयमा उनीहरु समाज र नेतृत्व प्रति वितृष्णा पोखिरहेका छन्, उनीहरुलाई समाज र देशप्रति सकारात्मक मात्र होइन यहि समाजमा बसेर वा अनुभवसहित फर्केर यहि समाजमा बस्ने वातावरण बनाउने काम सरकारको मात्र नभई आम नागरिकसमेत यसमा लाग्नु पर्छ ।’

    May be an image of 5 people, temple and text

    कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सदस्य पार्वती आचार्य, नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्मा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व क्षेत्रीय सभापति चिरञ्जिवी गौतम, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दलका कन्द्रीय सदस्य विष्णु पौडेल दारी, धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्याय, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मनोज सापकोटा, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य धुव्रराज गौतम, त्रिवि प्राध्यापक संघ धवक्या बागलुङका सभापति भक्तिराम न्यौपाने, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुली, पूर्व अध्यक्ष स्ुभाष आचार्य, नेपाली कांग्रेस बागलुङका पूर्व कोषाध्यक्ष एवं नेविसंघ धवक्याका पूर्व सभापति उमेश गौतम, स्ववियु उपाध्यक्ष दिपक गौतम, अनेरास्ववियुका विनोद कार्की, अखिल क्रान्तिकारीका प्रदिप थापा, अखिल क्रान्तिकारी विप्लपका सुधन विश्वकर्मा लगायतले कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

    May be an image of 5 people, people smiling, temple and text 

    यसै बिच साविक धवलागिरि अञ्चल स्तरिय प्लस टु सञ्चालन तथा कलेज स्तरिय सामुहिक तिजी नृत्य प्रतियोगितामा ११ टिमलाई पछि पार्दै अमर आदर्श मावि प्रथम, धवलागिरि वहुमुखी क्याम्पसका विविए समुह द्धितिय र नेविसंघ धवलागिरि बहुमुखी क्याम्पसका कार्यवाहक सभापति विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत आयुष्मा थापा र सञ्चालन स्ववियु कोषाध्यक्ष सृष्टि आचार्य र निरुता शर्माले गरेका थिए । 

    May be an image of 5 people and text

    तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन युवा र संस्कृति विषयमा र दोश्रो दिन उद्यमीसँग विद्यार्थी विषयमा सरोकारवाला र विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । यस्तै मैत्रिपूर्ण फुटवल प्रतियोगिता, घैटोफोड प्रतियोगिता र सरसफाई कार्यक्रम समेत सञ्चालन भएको थियो । कार्यक्रमको संयोजनक्रमसंगै नेविसंघका नेताहरु क्रमश सुन्दर आचार्य, कमल कंडेल, गणेशप्रसाद आचार्य, सुनिल गौतम,कृष्ण अठारे, सृष्टि आचार्य र सुन्दर आचार्यले गरेका थिए । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार