बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

  • भाद्र २१, २०८१ शुक्रवार
  • ०६:५०:४१ बजे
  • 6.1K
    SHARES
  • बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता
    फाइल तस्बिर

    ढोरपाटन (बागलुङ) : बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु भएको छ । जिल्लाको बागलुङ नगरपालिका – ४ बन्द्रेमा बिहीबार राती १२ बजे आएको बाढीले सोही ठाउँको कुँडुले देखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

    मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ नगरपालिका–४ बान्द्रे अढाइथर का २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

    बाढीमा परि सोही गाउँका २० वर्षीय कमल सापकोटा वेपत्ता भएको उनको भनाइ छ । मृतक सापकोटा र रेग्मीको शव करिब २०० मिटर तल फेला पारि पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जनाकारी दिए ।

    वेपत्ता सापकोटाको खोजि कार्य भइरहेको उनको भनाइ छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजिकार्यमा समस्या भएको पौडेलले बताए । रासस


    राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार