आत्महत्याका घट्नाहरु विकराल बन्दै 

आत्महत्याका घट्नाहरु विकराल बन्दै 

  • भाद्र २६, २०८१ बुधवार
  • १२:५०:४२ बजे
  • 1.6K
    SHARES
  • आत्महत्याका घट्नाहरु विकराल बन्दै 
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा आत्महत्याका घट्नाहरु विकराल बन्दै गैरहेको छ । जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्यामा डरलाग्दो अवस्थामा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा हरेक वर्ष आत्महत्या गर्ने संख्या बढ्दै गएको छ । कार्यालयको तथ्याङ्का अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३७ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७९÷०८० मा ४५ जना र गत आव २०८०/०८१ मा ६० जनाले आत्महत्या गरेका छन । 

    आत्महत्या गर्नेहरु अधिकांश २० देखि ४० वर्ष उमेरका रहेको प्रहरी निरीक्षक प्रताप पौडेल बताउँछन । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा मात्र जिल्लाको बागलुङ नगरपालिकामा २० जना, जैमिनी नगरपालिकामा ३ जना, गलकोट नगरपालिकामा ७ जना, काठेखोला गाउँपालिकामा ३ जना, बरेङ गाउँपालिकामा ५ जना बडिगाड गाउँपालिकामा ७ जना तमानखोला गाउँपालिकामा १ जना र निसीखोला गाउँमपालिकामा ८ जना रहको छन । अधिकाशं झुण्डिएर नै आत्महत्या गर्ने गरेको पौडेल बताउँछन ।

    आत्महत्या गर्नेहरु सहर उन्मुख क्षेत्रमा बढी देखिएका हुन् । हरेक वर्ष सदरमुकाममा बढी र त्यसपछि गलकोट क्षेत्रका नागरिकले आत्महत्या गरेको देखिएको हो । प्रहरी अनुसन्धानमा आत्महत्या गर्नेमा मनोरोगी, लागूपदार्थ र अत्याधिक मदिरा सेवन गर्नेहरु संलग्न भएको भेटिएको हो । त्यसबाहेक विगतमा आत्महत्या प्रयास गरेको परिवारका सदस्य, बिषादीमा सहज पहुँच बढ्नु, द्वन्द्वपीडित, प्रकोपपछि परिवारबाट एक्लिएका, दीर्घरोग लागेका लगायत छन् । युवाहरुमा भने प्रेम सम्बन्ध, अबैध सम्बन्धका कारण पनि आत्महत्याको बाटो रोजेको भेटिएको हो । प्रहरीका अनुसार सबैभन्दा धेरै झुण्डिएर र त्यसपछि बिष सेवन गरेर मर्नेहरु देखिएकाहुन् ।

    वैदेशिक रोजगारीमा जाँदा असफलता भएकाहरुले पनि आत्महत्या प्रयास गरेको भेटिएको छ । यसको न्युनिकरणका लागि सुरक्षित आप्रवासन कार्यक्रम मार्फत मनोपरामर्श कर्ताले आत्महत्याको प्रयास गर्न खोज्ने व्यक्तिलाई मनोपरामर्श मार्फत यसको तथ्याङ्क घटाउने प्रयास गरिरहेको बागलुङन गरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ बताउँछन । नगरपालिकाले मंगलबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्तरक्रिया मार्फत यसको रोकथामका लागि सवै तहले पहल थाल्नुपर्ने बताईएको छ । श्रेष्ठले आत्महत्या न्युनिकरणका निम्ती सवै समाज र समुदाय सम्म के गर्न सकिन्छ त्यसमा सबैले सोच्नुपर्ने बताए । 

    आत्महत्या रोकथामका लागि विभिन्न तहमा मनोपरामर्शका कक्षा संचालन गर्नुका साथै अस्पतालमा विशेषज्ञ सहितको सेवाबाट परामर्श संचालन गर्नुपर्ने कार्यक्रममा सहभागीले बताएका थिए । कार्यक्रममा बागलुङ जिल्लाको अवस्थाका बारेमा नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल र मनोपरामर्शको बारेमा परामर्शकर्ता मधु पौडेलले जानकारी गराएका थिए । कार्यक्रमको संचालन बागलुङन गरपालिकाका सिअहेब छैठौं डिल्लीप्रसाद आचार्यले गरेका थिए । बागलुङ नगरपालिकाले विभिन्न विद्यालय र समुदायमा पनि दिवसको अवसरमो सचेतना कार्यक्रम संचालन गरेको छ । 

  • सम्बन्धित विषय:

  • # आत्महत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार