बागलुङ : बागलुङ गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नं को सरकारी सवारी साधन दुर्घटना भएको छ । दुर्घटना २ महिला र १ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
१ जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
पीकअप गाडी सडक देखि करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पाैडेलले जानकारी दिए ।
प्रहरीले अहिलेसम्म मृतकको पहिचान नखुलेको जनाएको छ । दुर्घटना स्थलमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको कागजपत्र फेला परेको छ ।