दुर्घटना अपडेट

बागलुङ गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

बागलुङ गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

  • भाद्र २८, २०८१ शुक्रवार
  • १२:४३:०६ बजे
  • 4.7K
    SHARES
  • बागलुङ गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

    बागलुङ : शुक्रबार विहान बागलुङको गलकोटमा भएको पीकअप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु भएको छ ।

    नगरपालिका–२ भुङ्खानीमा भएको दुर्घटनामा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

    शुक्रबार विहान पुथा उत्तरगंगा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । स्थानीय प्रेम बहादुर कार्कीले शुक्रबार विहान घाँस काट्न जाँदा दुर्घटनाग्रस्त पीकअप देखेपछि प्रहरीलाई खबर गर्नु भएको थियो ।

    दुर्घटनास्थलमा दुई महिला र एक पुरुषको मृत्यु भएको छ भने सवारी चालक भुमे गाउँपालिका ३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएका छन् । घाइते पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।  

    टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । मृतक दुई महिला मध्ये एक जना गाउँपालिका उपाध्यक्ष बुढा रहेको र अन्य दुई जनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । शवलाई गलकोट नगर अस्पताल हरिचौरमा लगिएको छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार