बागलुङ : बुर्तिबाङमा घर भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घर भत्काउने क्रममा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारका स्थानीय ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।
मृत्यु भएका विकको घर पुनर्निमाणका लागि भत्काउने क्रममा एक्कासी उनीसहित ११ जना पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । घाइते ११ जना मजदुर रहेको उनको भनाइ छ ।
घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहान नगरपालिका–९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौ महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन नगरपालिका–४ का खडक प्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाईली ४० वर्षीया कोपीला छन्त्याल, ५० वर्षीय सुभ बुढा मगर, ढोरपाटन नगरपालिका १ का ४० वर्षीया देविसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेक बहादुर विक र ५१ वर्षीया टेकमाया रसाईली रहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
घरले पुरिएका सबैको उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको उहाँको भनाइ छ । मृतक विकको अस्पतालमा पु¥याउँदा बित्तिकै मृत्यु भएको उनले जानकारी दिए ।