दुर्घटना

बागलुङकाे जैमिनीमा पिकअप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङकाे जैमिनीमा पिकअप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • कार्तिक २६, २०८१ सोमवार
  • १०:२३:४८ बजे
  • 4.8K
    SHARES
  • बागलुङकाे जैमिनीमा पिकअप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
    तस्बिर ः जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको फेसबुकबाट

    बागलुङ : बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

    पिकअप सडकदेखि सात सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

    पिअकपमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको उहााको भनाइ । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
    दुर्घटनामा घाइते जैमिनी नगरपालिका–८ का अन्दाजी ३५ वर्षीयछमु श्रीसलाई एम्बुलेन्समार्फत बागलुङ पठाइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । 

     

     

  • सम्बन्धित विषय:

  • # पिकअप दुर्घटना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार