अवराेध

जग्गा विवादका कारण बुर्तिबाङ बसपार्क निर्माण अवरुद्ध

जग्गा विवादका कारण बुर्तिबाङ बसपार्क निर्माण अवरुद्ध

  • कार्तिक २९, २०८१ बिहिवार
  • ०८:३८:४९ बजे
  • 1.6K
    SHARES
  • जग्गा विवादका कारण बुर्तिबाङ बसपार्क निर्माण अवरुद्ध

    ढाेरपाटन (बागलुङ) : बागलुङको ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणधिन बसर्पाकको काम जग्गा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको साँध सिमानाका विषयमा विवाद उत्पन्न हुँदा काम अवरुद्ध भएको हो ।

    वि.सं.२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु गरेको बसपार्क साँधियारले पर्खाल भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका प्रमुख रामृकष्ण गिरीले जानकारी दिए। विवाद नापी विभागसम्म पुगेको हुँदा नटुङ्गिदासम्म बसपार्क निर्माणका काम अगाडि बनढ्ने उनको भनाइ छ ।

    साँधियारले सँधमा लगाएको करिब २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको प्रमुख गिरी बताए । उनका अनुसार हालसम्म ३० प्रतिशत काम मात्रै सम्पन्न भएको छ । रु सात करोड लगानीमा बन्न थालेको बसपार्कमा रु दुई करोड २६ लाख बढी खर्च भएको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन भएको भन्दै जग्गा विवाद सुल्झिएपछि काम अगाडि बढ्ने प्रमुख गिरीले बताए।

    उनले भने – “सुरुमा विवाद थिएन, बसपार्कको जग्गा छ वर्ष अगाडिनै खरिद भएको थियो, केही समय अगाडि उत्तर पट्टीको सँधियारले बसपार्क ‘साइड’को पर्खाल भत्काएपछि विवाद उत्पन्न भएको थियो, विवाद समाधानका लागि सिडीओ सापसँग पनि कुरा भएको छ, नापी विभागसम्म कुरा पुगेको छ, विवाद समाधान भयो बने अर्को महिनादेखि काम पुनः सुरु हुने छ ।”

    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरि निर्माण थालिएको बसपार्कमा अहिले टर्मिनलको आधाका सकिएको छ भने केही ढलनाको काम बाँकी रहेको उन बताए । बसपार्कमा ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारी साधान अट्ने छन् । टर्मिनल भवन तीन तलाको बन्ने छ ।

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बजारमा सवारीको चाप बढ्दै गएपछि बुर्तिबाङ अव्यवस्थित बनेको बताए । सवारी साधान व्यवस्थानका लागि यहाँ बन्ने बसपार्कले ठूलो टेवा पु¥याउने उनको भनाइ छ । बसपार्क बनि भइरहेको स्थान भूजीखोलाको जोखिममा रहेको र यहाँ धेरै विवादहरु उत्पन्न भएको भन्दै त्यसलाई समाधान गरेर निर्माण कार्यलाई अगाडि बढाउन पहल गरि रहेको कायत बताए।रासस

  • सम्बन्धित विषय:

  • # बुर्तिबाङ बसपार्क

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार