सामाजिक सेवा

बुर्तिबाङमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवा

बुर्तिबाङमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवा

  • मंसिर ३, २०८१ सोमवार
  • ०८:०२:११ बजे
  • 1.4K
    SHARES
  • बुर्तिबाङमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवा

    बागलुङ : ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् । शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् । 

    ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा भएको शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ । शिविरको पहिलो दिन पाँच सय ८१ जना र दोस्रो दिन चार सय ७४ जना नागरिकले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिए ।

    दुई दिनमा ५४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको उनको भनाइ छ । शिविरबाट थप १५ जनाको आँखाको शल्यक्रिया गर्न सिफारिस गरेको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताए । शिविरमा नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको थियो । 

    ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोग बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य सङ्घ, बुर्तिबाङ राइजिङ युवा क्लबले प्राविधिक सहयोग गरेका थिए । गत बिहीबार तमानखोला गाउँपालिकामा पनि निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । उक्त शिविरबाट आठ सय जनाले सेवा लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # निःशुल्क आँखा शिविर

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार