बागलुङ : नेपाल निजामति कर्मचारी युनियन निसीखोला गाउँपालिकाको अध्यक्षमा हरिबहादुर बुढा चयन भएका छन् । युनियनको दोस्रो अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

बुढाको अध्यक्षतामा १३ सदस्यी समिति चयन भएको छ । समितिको उपाध्यक्षमा डिलाराम बाठा, गंगा बुढा, सचिवमा जुनी घर्ती मगर, सह–सचिवमा ताराबहादुर परियार र कोषाध्यक्षमा हरिबहादुर क्षेत्री चयन भएका छन् ।

सदस्यहरुमा बिनाराम डाँगी, बिमला परियार, बसन्ती रामजाली, बिनाेद पाैडेल, संञ्जय कुमार साहु, रुपा बुढा मगर र खगी कुमारी घर्ती बुढा चयन भएका छन् ।
अधिवेशनले पाँच सदस्यी सल्लाहकार समिति चयन गरेको छ । संरक्षकमा जीवन पुन मगर, संयोजकमा दिलीपकुमार चन्द सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, भक्ति प्रसाद रेग्मी र मन्जुसा घर्ती मगर चयन भएका छन् ।