कार्यकारी सम्पादक घर्तीमगरलाई श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार

कार्यकारी सम्पादक घर्तीमगरलाई श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार

  • पौष २८, २०८१ आइतवार
  • १०:०९:०९ बजे
  • 1.3K
    SHARES
  • कार्यकारी सम्पादक घर्तीमगरलाई श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार

    बागलुङ : बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक संगम घर्तीमगर पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल बागलुङमा स्थापित श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट मगर पुरस्कृत भएका हुन् ।

    प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ जिल्ला अधिवेसन एवं १६ औँ वार्षिक साधारणसभाको सन्दर्भमा मगरलाई नगद रु १० हजारसहित पुरस्कृत गर्रिको हो । वि.सं. २०६५ सालदेखि बागलुङको पत्रकारितामा क्रियाशील मगर बागलुङ पोस्ट डटकमसहित नागरिक राष्ट्रिय दैनिक, मुक्तिक्षेत्र दैनिकमा समेत काम गर्दै आएका छन् ।

    सोही अवसरमा पत्रकार कोपिला कँडेल पनि पुरस्कृत हुनु भएको छ । कँडेलल भक्त–जगकुमारी स्मृति पत्रकारिता पुरकार २०८१ बाट पुरस्कृत हुनु भएको हो । कँडेल अहिले धौलागिरि एफएम र धौलागिरि टेलिभिजनसँग पनि आवद्ध रहेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # पत्रकारिता पुरस्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार