बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—४ तङग्राममा रहेको नारायणी माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य माननीय जित शेरचनले शिक्षा विकासको पहिलो मेरुदण्ड भएकाले अबको शिक्षा आवश्यकता ,समय अनुकूल व्यावहारिक शिक्षा रहेको हुँदा विद्यालयस्तरमा यसलाई पनि जोड दिनुपर्ने बताए । उनले भने शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त नभएको गुनासो गर्दै सांसद शेरचनले विद्यार्थी शिक्षक र अभिभावकले राज्यको लगानीलाई खेर जान नदिने गरि प्रतिफल निकाल्न आग्रह गर्दै शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । उनले पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्कदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले अनुकूल व्यवहारिक शिक्षा प्रदान गर्नु राज्यको दायित्व भएकोले विकासका निम्ती विद्यालयमा समुदायको पनि उत्तिकै दायित्व भएको बताए । ‘हाम्रा सामुदायिक विद्यालय निजी विद्यालयसँग प्रतिस्पर्धी मात्र हैन अब्बल बनाउनुपर्दछ अध्यक्ष थापाले भने,—‘विद्यालयलाई अब्बल बनाउने हात भनेकै शिक्षक र विद्यार्थीको मात्र हैन समुदायको पनि हुन्छ यसमा सवैले साथ दिन आवश्यक रहेको छ र पालिकाले पनि शैक्षिक सुधारका लागि धेरै प्रयासहरु गरिराखेका बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा तिलक , वडा अध्यक्ष लक्षमण पुन ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य नरमाया थापा,रास्तिय जनमोर्चा तर्फबाट विष्णु कडेल , विद्यालयका सल्लाहकारहरु मन बहादुर थापा मनिष , प्रेम थापा , यम प्रसाड कडेल , सम्पुर्ण आधारभुत विद्यालयहरुको तर्फबाट भैरव थापा, सम्पुर्ण माध्यामिक विद्यालयहरुको तर्फबाट कलिन्द्र कुमार पुन लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
सोही समारोहमा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता राखिएको थियो भने सात टिम सहभागी रहेकोमा भिमसेन मावि प्रथम स्थानमा , धारा माद्यामिक विद्यालय दोस्रो र नारायणी माध्यमिक विद्यालय तेर्सो भएका थिए भने विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक विधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरेको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर थापाले विद्यालयको प्रतिवेदन साथै आगामी योजना प्रस्तुत गरेका थिए भने प्रधानाध्यापक विष्णु बहादुर थापाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर थापाको अध्यक्षता , शिक्षक मीन बहादुर पुनको स्वागत र शिक्षकहरु दिल बहादुर परियार र दिनुमाया तामाङको सन्चालनमा सप्पन्न भएको थियोे ।