बागलुङका एक बालक १२ दिनदेखि वेपत्ता

बागलुङका एक बालक १२ दिनदेखि वेपत्ता

  • पौष २०, २०७७ सोमवार
  • १५:१७:३४ बजे
  • 13.1K
    SHARES
  • बागलुङका एक बालक १२ दिनदेखि वेपत्ता

    बागलुङ : बागलुङ बजारबाट एक बालक १२ दिनदेखि वेपत्ता भएका छन् ।

    बागलुङ नगरपालिका वडा नम्बर ३ पुरानो सिनामा रोड बस्ने रोशन विश्वकर्मा पौष ९ गतेदेखि वेपत्ता भएको उनकी आमा दुर्गा विश्कर्माले जानकारी दिइन् । 

    कालिका कन्यामन्दिर माध्यामिक विद्यालय कक्षा १० मा पढ्दै आएका विश्वकर्मा १२ दिनदेखि परिवारको सम्र्पकमा नआएपछि उनको खोजी कार्यमा सहयोग परिवारले आग्रह गरेको छ । 

    आमासँग सामान्य विवाद गरेर घरबाट निस्किएका विश्वकर्मा अहिले सम्म सबै आफन्तकोमा खोजी कार्य गर्दा समेत नभेटिएको उनकी आमा दुर्गाले बताइन् ।

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार