देश प्रतिगमनतिर जाने खतरा छ—शाक्य

देश प्रतिगमनतिर जाने खतरा छ—शाक्य

  • माघ २७, २०८१ आइतवार
  • ०८:४४:१० बजे
  • 1.6K
    SHARES
  • देश प्रतिगमनतिर जाने खतरा छ—शाक्य

    बागलुङ : नेकपा माओवादी केन्द्रका सचिव एवं बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले देश प्रतिगमनतर्फ जाने खतरा रहेको बताएका छन् । शनिबार बिहान बागलुङमा प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शाक्यले वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणका लागि ल्याएको विद्येयकले सरकार निरंकुशतातर्फ जाने संकेत गरेको बताए । 

    ‘संविधान संशोधन र स्थीर सरकारको नारा दिएर बनेको वर्तमान गठबन्धनले नागरिकको अधिकार खोस्ने काममा लागेको  देखिन्छ,’उनले भने,‘काँग्रेस एमाले देशलाई पुरानो व्यवस्थातर्फ फर्काउन उद्यत भैरहेका छन् ।’ संविधान संशोधन अहिलेको व्यवस्था उल्ट्याउनेगरी आउन लागेको उनको दाबी छ । ‘संविधानको संशोधन गर्ने ठाउँहरु छन् अहिले निर्वाचन प्रणालीको बारेमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ, शासकीय प्रणाली बदलेर राष्ट्रपतिय प्रणालीमा जाऔं, तर सरकारले प्राप्त उपलब्धीहरु नै मास्नेगरी संशोधन गर्न खोजिरहेको छ,’ शाक्ले भने ।

     संसद छलेर अध्यादेश ल्याउनु रहस्यमय रहेको उनको भनाई छ । ‘अहिलेको सरकारसंग झण्डै दुई तिहाईको बहुमत छ तर पनि सदन छलेर अध्यादेशबाट शासन गर्न खोजिनु रहस्यमय र खतरनाक छ,’उनले भने,‘अध्यादेशमा केही राम्रा पक्ष पनि छ । तर भूमि सम्बन्धी व्यवस्था र सामाजिक सञ्जालको व्यवस्था खतरनाक ढंगले आएको छ । त्यसले गर्दा प्रश्नहरु उठेका छन् ।’ शाक्यले अहिले माओवादी केन्द्र विशिष्ट अभियानमा जुनेको पनि बताए । 

    ‘हामी सरकारमा गएर शहर पसेर उच्च वर्गसंग लसपसमा पर्दा हाम्रो बर्ग छुट्यो,’उनी भन्छन्,‘अहिले हामी विशेष अभियान सञ्चालन गरेर पार्टीलाई तल्लो वर्गसंग जोड्ने काम गरिरहेका छौं ।’ अर्थतन्त्र धरासायी भएको बेला बजेट कटौतीले थप समस्या पारेको उनको भनाई छ । प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष अनिश खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विनोद प्रतिक थापाले गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # प्रतिगमन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार