दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द

  • मंसिर २३, २०७७ मंगलवार
  • ०३:२०:१० बजे
  • 3.8K
    SHARES
  • दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द

    एजेन्सी : दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ ।

    दुबै मुलुकका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द गरिएको हो । दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारी तथा इंग्ल्याण्डका दुई खेलाडीमा समेत कोरोना देखिएको बताईएको छ ।

    खेलाडीमा कोरोना देखिएपछि दुई पटक खेल स्थगित गरिएको थियो । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच टी-ट्वान्टी सिरिज भने पूरा भईसकेको छ । तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट सिरिज

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार