बागलुङ नगरपालिकाले दियाे किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

बागलुङ नगरपालिकाले दियाे किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

  • फाल्गुण १९, २०८१ सोमवार
  • ०९:१५:२५ बजे
  • 2.1K
    SHARES
  • बागलुङ नगरपालिकाले दियाे किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

    गलकोट (बागलुङ) : किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।  किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । 

    नगरपालिकाले  किसानसँगको सहलगानीमा रु. सात हजार ७०० मा  मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए । 

    “मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो”, उनले भने । नगरपालिका र  ५८ किसानको रु. चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो । रासस

  • सम्बन्धित विषय:

  • # किसानलाई अनुदान

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार