विकासकाे गति

हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

  • बैशाख २६, २०८२ शुक्रवार
  • ०७:२५:४२ बजे
  • 2.1K
    SHARES
  • हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

    ढाेरपाटन (बागलुङ) : एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक अन्तरगत हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नति गर्न थालिएको हो । यस वर्ष आठ किलोमिटर सडक स्तरोन्नति गर्न थालिएको छ । बागलुङ क्षेत्र नम्बर २ मा पर्ने उक्त सडकले ग्रामीण क्षेत्रलाई जोडेको छ । संघीय सरकारको बजेटमा सडक डिभिजन कार्यालय बागलुङमार्फत काम भइरहेको छ ।

    बहुवर्षे योजना अन्तरगत रहेको उक्त सडक आयोजना वि.सं. २०७९ फागुन ५ गते सम्झौता गरि काम सुरु गरिएको थियो । वि.सं.२०८२ फागुन ५ गतेसम्म सक्ने गरि वल्डवाइड÷लोपुर्न जेभीले रु ४० करोडमा जिम्मा पाएको थियो । हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए ।

    आवश्यक बजेट नआउँदा निर्माण कम्पनीलाई काम गराउन समस्या भएको उनको भनाइ छ । चालु आर्थिक वर्ष रु तीन करोड ६० लाख विनियोजन भएको भन्दै पहिले काम गरेको रु एक करोड ५० लाख भुक्तानी गर्न बाँकी रहेको भण्डारीले बताए । आठ किलोमिटर सडक मध्ये चार किलो मिटर कालोपत्रका लागि तयार भएको र अर्को चार किलोमिटर फराकिलो बनाउने, नाली निर्माण, पर्खाल लगाउने लगायतका काम भइरहेको उनकाे भनाइ छ ।

    इन्जिनियर भण्डारीले भने – “बजेट निकै कम आएको छ, कम बजेटका कारण निर्माण कम्पनीलाई काम गराउन पनि अप्ठ्यारो भएको छ, अहिले साढे तीन करोड बजेट परेको हो, त्यस मध्ये पहिले काम गरेको मात्रै डेढ करोड भुक्तानी गर्न बाँकी छ, यस वर्ष थप बजेट आए दुई किलोमिटर जति सडक कालोपत्र गर्न सकिने थियो ।”

    गलकोटकोे हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्यूठान जोडिन्छ । जुन सडक करिब ४० किलोमिटर लामो छ । सडकको सुरुवाती विन्दुबाट काम गर्न थालिएको हो । यो सडकले पश्चिम बागलुङका हजारौँ नागरिक लाभाम्वित हुने गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।

    “यो सडकले गलकोट नगरपालिकाको धेरै क्षेत्र समेटेको हुँदा ग्रामीण क्षेत्रका उत्पादनलाई बजारीकरण गर्न सहज हुनेछ, तर सडकको पूरा काम सकिने अझै धेरै समय लाग्ने देखिन्छ, यद्यपी बजार र गाउँलाई जोडेको यस सडकले नागरिकको जीवननै बदल्न सक्ने छ” उहाँले भने – “बजेट थोरै आउँदा हरेक वर्ष थोरै मात्र काम हुने गरेको छ, संघीय सरकारबाट पर्याप्त बजेट आए आयोजान छिटो सकिने थियो ।”रासस


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार