पुस्तक

यामबहादुर घर्तीमगरको रैथानेकरण बजारमा

यामबहादुर घर्तीमगरको रैथानेकरण बजारमा

  • जेठ ९, २०८२ बिहिवार
  • १०:४२:१९ बजे
  • 3.1K
    SHARES
  • यामबहादुर घर्तीमगरको रैथानेकरण बजारमा

    बागलुङ : लेखक यामबहादुर घर्तीमगरको पुस्तक रैथानेकरण सार्वजनिक भएको छ । बागलुङ ताराखोला गाउँपालिका—२ अर्गलका घर्तीले लेखेको विचार प्रणाली र विकास सम्बन्धी डिस्कोर्ष समावेस पुस्तक औपचारिक विमोचन नगरी बजारमा सार्वजनिक गरिएको हो । नेपालको विकास र समृद्धिका लागि हरेक विषयवस्तुलाई रैथानेकरण गर्नु जरुरी लागेर आफुले यसबारे छलफल चलाउन पुस्तक लेखेको उनले बताए ।

    ‘हाम्रोमा सबैचिज आयाति भयो, विचार, विकास प्रणाली सबै कुरालाई हामीले स्थानीयतासंग जोडेर हेर्न सकेनौं,’उनी भन्छन्,‘हाम्रो मौलिकता र स्थानीयतालाई ध्यान नदिई आत्मसाथ गरिएको विचार, प्रणाली र विकासको मोडलले हामीलाई सही मार्गमा लगेको छैन । त्यसका लागि मैले यो छलफल चलाउने जमर्को गर्दै पुस्तक लेखेको हुँ ।’ उनले हरेक विषयवस्तुलाई रैथानेकरण गरेर अगाडि जानुपर्ने बताए ।

    ‘समाजमा आधुनिकताको विकास त भएको छ, तर त्यो आधुनिकताले समाजलाई जता लगिरहेको छ त्यो भोलीको भविष्य अन्धकार देखिन्छ,’लेखक मगर भन्छन्,‘हामीले हाम्रो प्रकृति संस्कृतिलाई आत्मसाथ गरेर त्यही अनुसारको विचार पद्धती र विकासको मोडल अगाडि सार्नुपर्छ ।’ रैथानेकरण सोंच विचार र विकास प्रणालीको रैथानेकरण गर्नुपर्छ भन्ने विचार प्रवाहित गरिएको पुस्तक भएको बताए । धेरै किताबहरु पढ्दा पढ्दै आफै किताब लेख्न पुगेको उनले बताए । 

    ‘आफ्नो विचार र धारणाहरु कुनै बेला लेखेर प्रकाशित गरौंला भन्ने त लागेको हो, तर यति चाँडै पुस्तक निकालिन्छ भन्ने लागेको थिएन,’उनी भन्छन्,‘कोरोनाका कारण गाउँ फर्किएपछि मेरो दैनिकी बदलियो । त्यतिबेला लेख्दै पढ्दै गरेको कुरा अहिले पुस्तकको रुपमा तयार भएको छ ।’ पुस्तक बिना निन्द्रा नलाग्ने बानी परेको उनी सुनाउँछन् । ‘मेरो घरमा अहिले पनि दुई हजार बढि पुस्तकहरु छन्, पुस्तक पढेन भने मलाई निन्द्रा लाग्दैन,’उनले भने,‘मैले आफ्नो मनोरञ्जन सबै कितासंग साटेको छु । अध्ययन गर्दै जाँदा बनेको विचार र दृष्टिकोणलाई किताबको रुपमा अगाडि सारेको छु ।’ 

    आफुले लेखेको पुस्तकको गाउँ गाउँमा पुगेर प्रचार प्रसार र विमर्श गर्दै अगाडि बढ्ने उनले बताए । ‘अहिले पब्लीकेसन कम्पनीलाई जिम्मा दिएको छैन, साथीभाईको सहयोगमा साढे एक लाख रुपैयाँ जति संकलन गरेर पुस्तक प्रकाशित गरियो, यो बोकेर अब गाउँ गाउँमा आफै पुग्छु,’उनी भन्छन्,‘सक्नेले पुस्तक किनेर सहयोग गर्नुहोला नसक्नेले पनि मेरो पुस्तक पढिदिनुभयो भने एउटा छलफल र बसहको सुरुवात होला ।’ १८३ पेज रहेको उक्त पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # रैथानेकरण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार