बागलुङ : एन्जल हार्ट सेकेन्डरी स्कुलमा निःशुल्क अध्ययनका लागि बागलुङका विद्यार्थी छनोट भएका छन् । विद्यालयका सहायक पिन्सीपल दिल बुढाथोकीका अनुसार बागलुङ बजारमा लिईएको परीक्षामा चार जिपिए ल्याउने भविष्या थापा र प्रवेश रिजालले होस्टेलको सुविधा सहित पूर्ण छात्रवृत्तिमा उक्त विद्यालयमा अध्ययन गर्न पाउने भएका छन् । बागलुङ बजार क्षेत्रमा लिईएको परीक्षाबाट प्रयास पौडेल र अञ्जली घर्ती पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् ।
उनीहरुका लागि विद्यालयमा कुनै पनि शुल्क लाग्ने छैन भने होस्टेलको खर्च भने आफै व्यहोर्नुपर्नेछ । त्यसैगरी बुर्तिबाङ क्षेत्रको परीक्षाबाट कुशल पाण्डे, प्रतीक्षा बुढा, रबिना विश्वकर्मा पूर्ण छात्रवृत्तिमा छनोट भएका छन् । उनीहरुले पनि विद्यालयको पठन पाठनमा कुनै शुल्न तिर्नुपर्ने छैन । होस्टल खर्च आफ्नै हुनेछ । त्यस बाहेक पनि विद्यालयले विशेष छात्रवृत्ति र आंशिक छात्रवृत्तिका लागि बागलुङबाट विद्यार्थी छनोट गरेको छ । बागलुङ जिल्लाभरबाट १२० जना विद्यार्थी छनोट गरिएको उनले जानकारी दिए ।