सन्ध्या आचार्य
बागलुङ : जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरामा उपभोक्ता हकहित प्रवद्र्धनका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा उपभोक्ता हक संरक्षण र गुणस्तरीयता लगायतका विषयमा तालिम तथा प्रशिक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा उपभोक्ता मञ्च जैमिनीका संयोजक तथा नगर उप–प्रमुख लिला रानाले स्थानीय खाने कुराहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
खानपानकै कारणले अधिकांश रोग लाग्ने भन्दै उहाँले समुदायमा पाइने खानालाई प्रयोगमा ल्याउन आग्रह गरे । साथै उनले अहिलेसम्म जे जस्तो भए पनि आगामी दिनहरुमा यस विषयमा गंभिर भएर लाग्न वडा अध्यक्षहरुलाई आग्रह गरे ।
कार्यक्रममा उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले राज्यले मौलिक हकमा व्यवस्था गरे अनुसारको अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए । साथै उनले जिल्ला तथा प्रदेशमा आफूले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले उपभोक्ता हकहित प्रवद्र्धनका लागि जैमिनी नगरपालिकाको ऐन, नियम र व्यवस्थाको बारेमा प्रष्ट पार्दै प्रत्येक नागरिकलाई स्वच्छ, सफा र गुणस्तरीय खान पाउने अधिकार भएकाले उपभोक्ताहरुले संधै गुणस्तरीयतामा ध्यान दिनुपर्ने धारणा राखे ।
साथै उनले अब नगरपालिकामा ऐन नियम व्यवस्थाको कार्यन्वयन गर्न, गराउन आफू लागि पर्ने बताए । घरेलु तथा साना उद्योग कार्यलय बागलुङको आयोजना र घरेलु तथा साना उद्योग कार्यलय बागलुङका प्रमुख गुमादेवी शर्माले कार्यक्रममा सहजीकरण शर्माले गरेकी थिईन् ।
कार्यक्रममा जनप्रतिनिधि, व्यापारी र स्थानीय बुद्धिजिवीको उपस्थिति रहेको थियोे ।
उपभोक्ताहरुको लागि यस्ताखाले तालिम तथा प्रशिक्षण कार्यक्रमहरु महत्वपूर्ण हुने भन्दै तल्लो
इकाइसम्म पुगेर जनचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सहभागीको धारणा थियो ।