मेला महाेत्सव

बागलुङ महाेत्सव सुरू

बागलुङ महाेत्सव सुरू

  • पौष ११, २०८२ शुक्रवार
  • १८:१७:२१ बजे
  • 1.3K
    SHARES
  • बागलुङ महाेत्सव सुरू

    बागलुङ : आठौँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा झाँकी तथा बाजागाजासहित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गरे ।

    ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए ।

    पर्यटन प्रवर्द्धन, जिल्लाको विकासमा महोत्सवले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा करिब १० लाखले अवलोकन गर्ने र रु १० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # बागलुङ महाेत्सव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार