आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव

आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव

  • मंसिर २२, २०७७ सोमवार
  • ०८:२३:३६ बजे
  • 2.1K
    SHARES
  • आफ्नो कामबारे चिन्ता नगर्न आँचलको सुझाव

    काठमाडाैँ : नायिका आँचल शर्माको बिहेपछि पनि म्यूजिक भिडियोको रफ्तार कम भएको छैन । उनले, म्यूजिक भिडियोमा सफलता पाइरहेकी छिन् भने चलचित्रको अफर पनि उनलाई आइरहेको छ ।

    आँचल श्रीमान् उदिप श्रेष्ठसँग मिलेर चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् । साथै, आँचलले मिलन चाम्सको निर्देशनमा बन्ने एक चलचित्रमा पनि काम गर्नेछिन् । आफूले गरिरहेको काम सुखद तरिकाले अगाडि बढिरहँदा आँचलको बिषयमा कुरा गर्ने, ट्रोल बनाउने वा उनको सफलतामा डाहा गर्ने पनि बढिरहेका छन् ।

    आँचलले पनि यस्तै महशुश गरेको हुनुपर्छ । यसैले, आँचलले आफूले गरिरहेको कामको बिषयमा चिन्ता नलिन आग्रह गरेकी छिन् । साथै, उनले आफूले गरिरहेको बिषयमा चिन्ता लिनेलाई चिन्ता किन लागिरहेको छ भनेर खोज्न पनि अपिल गरेकी छिन् ।

    आफ्ना बिषयमा भन्दा पनि आफूले गरिरहेको कामलाई लिएर चिन्ता किन भैरहेको छ भनेर चिन्ता लिन आँचलले आग्रह गरेकी हुन् । आँचलको यो आग्रह कसलाई हो यो उनलाई मात्र थाहा होला । तर, आँचलले घुमाउरो तरिकाले आफ्नो सफलतामा डाहा नगर्न भन्न खोजेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # आँचल शर्मा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार