बिहुँकोट समाज जापानको अध्यक्षमा टिकाराम कँडेल

बिहुँकोट समाज जापानको अध्यक्षमा टिकाराम कँडेल

  • पौष १७, २०८२ बिहिवार
  • १६:००:०६ बजे
  • 2.3K
    SHARES
  • बिहुँकोट समाज जापानको अध्यक्षमा टिकाराम कँडेल

    बागलुङ । बिहुँकोट समाज जापानको १० औँ अधिवेशन तथा १९ औँ साधारण सभा सम्पन्न भएको छ। टोकियोको कामातास्थित चौतारो रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।

    अधिवेशनबाट टिकाराम कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ । उपाध्यक्ष त्रयमा घन्श्याम कँडेल (अर्जुन), प्रेम प्रसाद कँडेल, नारायण प्रसाद कँडेल, महासचिवमा बल बहादुर कँडेल क्षेत्री,सचिवमा अर्जुन कँडेल (पुष्प), राजेन्द्र कँडेल, कोषाध्यक्षमा खिमानन्द कँडेल, सह–कोषाध्यक्षमा आनन्द प्रसाद कँडेल, सदस्य: मुना कँडेल, जुना कँडेल, तिलक कँडेल चयन भएका छन् ।

    नव–निर्वाचित कार्यसमितिले आपसी सहकार्य, पारदर्शिता र सक्रिय सहभागितामार्फत समाजलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। जापानमा रहेका बिहुँकोटवासीहरूबीच आपसी सद्भाव, सहयोग र सामाजिक एकता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

    अधिवेशनमा संस्थाको प्रगती प्रतिवेदन तथा आर्थिक परिवेदन पेश तथा अनुमोदन पनि गरिएको थियो। प्रस्तुत प्रतिवेदनका अनुसार थुप्रै संस्थागत सकारात्मक कार्य सम्पन्न गरेको २ वर्षे कार्यकालमा २ करोड ८६ लाख ७० हजार ४ सय ८ येन कुल आम्दानी गरि,१ करोड ९३ लाख ८ हजार ७ सय खर्च गरिएको थियो भने, ९३ लाख ६१ हजार ८ सय ९ येन बचत भएको थियो। कान्तो क्षेत्रीय समितिलाई ६ लाख ४ हजार ५ सय ११ येन प्रदान गरि ८७ लाख ५७ हजार २ सय ९७ येन कुल बचत भएको छ।

  • सम्बन्धित विषय:

  • # बिहुँकोट समाज जापान

  • नवराज नेपाली

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार