पाकिस्तानविरुद्धको खेलमा न्युजिल्यान्डका तीन खेलाडीको शतक

पाकिस्तानविरुद्धको खेलमा न्युजिल्यान्डका तीन खेलाडीको शतक

  • पौष २१, २०७७ मंगलवार
  • १३:१३:५९ बजे
  • 3.6K
    SHARES
  • पाकिस्तानविरुद्धको खेलमा न्युजिल्यान्डका तीन खेलाडीको शतक

    पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा घरेलु टिम न्युजिल्यान्डका तीन खेलाडीले शतक प्रहार गरेका छन्। 

    क्राइस्टचर्चमा जारी दोस्रो टेस्टको पहिलो इनिङ्ग्समा न्युजिल्यान्डका तीन खेलाडीले शतक प्रहार गरेका हुन्। न्युजिल्यान्डका कप्तान केन विलियमसन, हेनरी निकोल्स  र डरयल मिचेलले शतक प्रहार गरेका हुन्।

    जसमा विलियमसनले दोहोरो शतक प्रहार गर्ने क्रममा २३८ रन जोडे। उनले ३६४ बलमा २८ चौका प्रहार गरे। 

    निकोल्सले १५७ रन जोडे। उनले २९१ बलमा १८ चौका र १ छक्का हिर्काए। निकोल्स र विलियमसनबीच ३६९ रनको साझेदारी भएको थियो।

    मिचेलले नटआउट १०२ रन जोडे। उनले ११२ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

    बलिङमा पाकिस्तानका सहीन शाह अफ्रिदी, मोहमद अब्बास र फहीम असरफले २(२ विकेट लिन सफल भए।

    तीन खेलाडीले शतक प्रहार गरेपछि पहिलो इनिङ्ग्समा विशाल अग्रता लिएको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ६५९ रन बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेको छ। जससँगै पहिलो इनिङ्ग्समा न्युजिल्यान्डले ३६२ रनको अग्रता लिएको छ। 

    यसअघि पहिलो इनिङ्ग्समा पाकिस्तान २९७ रनमा अलआउट भएको थियो।

    पाकिस्तानका लागि अजर अलीले सबैभन्दा बढी ९३ रन जोडेका थिए भने बलिङमा न्युजिल्यान्डका केल जेमीसनले ५ विकेट लिएका थिए।

    पहिलो टेस्टमा न्युजिल्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो ।

    सम्बन्धित समाचार