समाचार

पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष जिसीलाई मातृशोक 

पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष जिसीलाई मातृशोक 

  • श्रावण २०, २०८३ बुधवार
  • १८:०९:१६ बजे
  • 871
    SHARES
  • पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष जिसीलाई मातृशोक 

    बागलुङ । पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा धौलागिरि जागरण दैनिकका प्रधान सम्पादक राम बहादुर जिसीलाई मातृशोक परेको छ । जिसीको माता नन्द कुमरी घर्ती क्षेत्रीको बुधबार काठेखोला गाउँपालिका–७ रेश कमेरेखोल्सा स्थित निवासमा निधन भएको छ ।

    वि.सं. २००० साल फागुन १५ गते धम्जा माझकटेरामा जन्मिएकी घर्ती क्षेत्रीको ८३ वर्षको उमेरमा निधन भएको हो ।  क्षेत्री आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको  सासुआमा समेत हुन् ।

    क्षत्रीको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साता पोखरास्थित गण्डकी मेडिकल कलेजमा सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उपचारपछि सामान्य अवस्थामा घर ल्याइएकोमा बुधबार बिहान नौ बजे क्षत्रीको निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मातृशोक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार