बागलुङ : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितकाे राहत तथा उद्धारका लागि ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष दिपक कुमार अदैले व्यक्तिगत रूपमा १ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका छन्।
अदैले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरि दिने भएका हुन्। हाल बिदाकाे कारण बैंक बन्द रहेकाले बैंक खुलेल गत्तै उक्चेत रूकमक कोषमा जम्मा गरिदिने उनले बताए।
विपद्को समयमा राज्यको मात्र आशा नगरी सबैले आ–आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै अदैले पार्टी, जात तथा धर्मभन्दा माथि उठेर बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न सबैलाई आग्रह गरे।
रसुवा बाढीका कारण ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा प्रभावित परिवारको सुरक्षित पुनर्स्थापनाको कामनासमेत गरे।
“विपत्तिको यस कठिन समयमा बाढीपीडित दाजुभाई तथा दिदीबहिनीहरूसँग म र मेरो परिवारको ऐक्यबद्धता छ,” अदैले भने।