तंग्रामको नारायणी माविको नवनिर्मित  सभाहल उद्घाटन

तंग्रामको नारायणी माविको नवनिर्मित  सभाहल उद्घाटन

  • भाद्र १५, २०८३ सोमवार
  • ०८:१०:४० बजे
  • 1.8K
    SHARES
  • तंग्रामको नारायणी माविको नवनिर्मित  सभाहल उद्घाटन

    बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम स्थित नारायणी माध्यामिक विद्यालयको सुविधा सम्पन्न सभाहल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको सभाहलको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले एक कार्यक्रमका बीच आइतबार उद्घाटन गरेका हुन् ।

    उद्घाटनपछि बोल्दै मन्त्री शेरचनले विद्यालयमा सुविधा सम्पन्न सभाहलले विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा सघाउने र लुकेर रहेका प्रतिभा बाहिर ल्याउन मद्दत गर्नेे बताउनुभयो । तंग्राममा शौचालय सहितको सभाहल विद्यालयको मात्रै नभई समग्र तंग्राम बासीको सम्पतीको रुपमा रहेको बताए । उनले अभिभावक भेला, तामिल, प्रशिक्षण तथा गाउँका सभा समारोह सम्पन्नमा सभाहलले सघाउने बताए ।

    “यो नारायणी माध्यामिक विद्यालयको सभाहल जस्तो गाउँमा कमै निर्माण भएका होलान, गाउँमा हुने विभिन्न कार्यक्रम समेत यसै हलमा गर्न सकिने रहेछ, घरबास सञ्चालनमा समेत सभाहलले सघाउ पुर्याउछ” मन्त्री शेरचनले भने “विद्यालयको भौतिक संरचना संगै शैक्षिक क्रियाकलपालाई समेत हेर्न अवाश्यक हुन्छ, भौतिक पूर्वाधारले गुणस्तरमा सघाउछ, शिक्षक, अभिभावक तथा विद्यार्थी मिलेमा शैक्षिक गुणस्तर वृद्धि गर्दै गाउँमै अब्बल नमूना विद्यालय बनाउन सकिन्छ ।”

    उनले गण्डकी प्रदेश सरकारको बजेटबाट तंग्राम आउने दुई वटा पक्की पुल तथा सडक स्तरोन्नतीका कारण यात्रा सहज भएको पाइएको बताए। संघीय सरकारले विनियोजन गरेको रु. ७० लाख बजेटबाट डिआर दाहाल कन्ट्रक्सन प्रालिले रु. ५० लाखमा उक्त भवन निर्माणको जिम्मा लिएर गत आर्थिक वर्षमा काम सम्पन्न गरेको नारायणी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।

    विद्यालयको जग्गा अभावमा सुविधा सम्पन्न सभाहल नहुँदा शैक्षिक सिकाई क्रिर्याकलापमा समस्या भएकाले विद्यालय नजिकै जग्गा व्यवस्थापन गरी शौचालय सहितको सभाहल निर्माण गरिएको बताए । दुई तलाको उक्त भवनमा भुइतलामा छात्र, छात्रा शौचालय बनाइएको छ भने माथिल्लो तलामा सभाहल निर्माण गरिएको हो ।

    सभाहल उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिका–४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुन, समाजसेवी तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाहकार यमदत्त कँडेल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापा, नेपाली कांग्रेस तंग्रामका पार्टी सभापती विष्णु आले, मुक्तिनाथ आधारभूत विद्यालयका प्रधानध्यापक भैरव बहादुर थापा लगायतले शुभकामना बाेलेका थिए ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको अध्यक्षता, नारायणी माध्यामिक विद्यालयको प्रधानध्यापक विष्णु बहादुर थापाको स्वागत मन्तव्य तथा शिक्षक दिल परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सभाहल उद्घाटन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार