जनमत माविको ४० औं वार्षिकोत्सव सम्पन्न

जनमत माविको ४० औं वार्षिकोत्सव सम्पन्न

  • पौष २१, २०७७ मंगलवार
  • २०:४४:०३ बजे
  • 4.9K
    SHARES
  • जनमत माविको ४० औं वार्षिकोत्सव सम्पन्न

    बागलुङ : बागलुङ नगरपालिका –१३ पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यामिक विद्यालयलको ४० औ बाषिकोत्सव सम्पन्न भएको छ ।

    बार्षिकोत्सव मुल समारोहको उदघाट्न गर्दै बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले सामुदायिक विद्यालयको विकासका निम्ती स्थानिय तहले साझेदारी गर्नुपर्ने बताए ।

    उनले विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि अभिभावक र शिक्षक दुवैको उत्तिकै भुमिका हुने भन्दै आफ्ना नानिबाबुको पढाई प्रति अभिभावकले पनि ध्यान दिन जरुर रहेको बताए ।

    कार्यक्रममा बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ती सरकारले नयाँ निति ल्याउन जरुर रहेको बताए ।

    उनले पछिल्लो समयमा केही अभिभावकहरु निजी विद्यालय तर्फ आर्कषित हुँदा सामुदायिक विदालयमा विद्यार्थी धान्नका लागि कठिनाई भएको भन्दै विद्यार्थी टिकाउनका निम्ती सरकारले नयाँ–नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए ।

    कार्यक्रममा विद्यालयका संस्थापक प्रध्यान्ध्यापक नरप्रसाद शर्मा, भूपू सैनिक समाज पैयुँपाटाका सचिव रेशम बहादुर खत्री विद्यालयका संस्थापक अध्यक्ष डिल्ली प्रसाद रिजाल लगायतले विद्यालयको संस्थागत विकासका निम्ती हरेक तहबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयको शैक्षिक विकासका निम्ती विभिन्न चन्दादाताहरुबाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले जानकारी दिए ।

    कार्यक्रममा उत्कृष्ट चन्दादातालाई सम्मान गर्नुका साथै विद्यार्थीका लागि विद्यालयमा स्थापित विभिन्न विधाका १६ वटा प्रतिभा पुरस्कार वितरण गरिएको थियो ।

    बार्षिकोत्सव मुल समारोहकै अवसरमा विद्यालयमा विभिन्न पदमा रहेर विशिष्ट योगदान पु¥याउने व्यक्तिहरु सोमनाथ रिजाल, शशिधर रिजाल, मिना अधिकारी, जयनारायण अधिकारी र यविता थापालाई सम्मान गरिएको विद्यालयका शिक्षक ठाकुर पौडेलले जानकारी दिए ।

    सोही अवसरमा विद्यालयमा अध्यापन गराउने शिक्षक मोहन सापकोटा, श्याम बाबु यादव, नारायणदत्त पौडेल र ललिता राईलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा विद्यालयको बार्षिक तथा प्रगती प्रतिवेदन विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद रिजालको अध्यक्षता, शिक्षक दुर्गा रिजाल र

    विद्यार्थीद्धय रुविना रिजाल र किशोर लामिछानेको स्वागत साथै शिक्षक ठाकुर पौडेलको संचालनमा सम्पन्न भएको थियो । कोरोनाका कहरका कारण विगतमा जस्तो विद्यालयले धेरै दिनको कार्यक्रम राखेको थिएन । 

  • सम्बन्धित विषय:

  • # जनमत माध्यामिक विद्यालयल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार