बिहान खाली पेटमा खानै नहुने ६ खानेकुरा

बिहान खाली पेटमा खानै नहुने ६ खानेकुरा

  • पौष २२, २०७७ बुधवार
  • ०७:४२:२५ बजे
  • 4.1K
    SHARES
  • बिहान खाली पेटमा खानै नहुने ६ खानेकुरा

    एजेन्सी : बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ ।

    बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ ।

    त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ । 

    काँचो सागसब्जी
    डाइटमा सलाद खानु राम्रो मानिन्छ तर यो ध्यान दिन आवश्यक छ कि काँचो खाने सागसब्जीमा भरपुर फाइबर हुन आवश्यक छ ।

    जुन सजिल्यै पच्छ । बिहान खाली पेटमा काँचो सागसब्जीले ग्यास, ब्लोटिङ र पेट दुख्ने समस्या पैदा गर्छ । 

    अमिलो फलफूल
    अमिलो फलफूल सुन्तला र टमाटरमा भिटामिन सीको मात्रा प्रचुर हुन्छ । यसले तपाईंको छाला र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

    तर खाली पेटमा बिहान खाँदा एसिड पैदा गर्छ र पेटमा जलन र ग्याष्ट्रिक पनि निम्त्याउँछ । 

    कफी
    सामान्यतयाः मानिसहरु बिहान खाली पेटमा कफी पिएर सुरुवात गर्छन् । तर खाली पेटमा कफी पिउँदा पेटमा अम्लिय रस उत्पादन हुने र पेटमा ग्याष्ट्राइटिस हुने खतरा बढ्छ । 

    बास्नादार पेयपदार्थ 
    एक गिलास जुस पिएर दिनको सुरुवात गर्ने चलन रहेको छ । तर प्याकिङ गरिएको जुसमा भारी मात्रामा चिनी हुन्छ ।

    पेटमा सानो आन्द्राको माथिल्लो भागमा रहेको ग्रन्थीलाई प्यानक्रियाज ग्रन्थी भनिन्छ । 

    केरा 
    बिहान खाली पेटमा केरा खाँदा ध्यान दिन आवश्यक छ । केरामा म्याग्नेशियम र पोटाशियमको मात्रा उच्च हुन्छ । जसले खाली पेटमा सेवन गर्दा मिनरललाई असन्तुलित बनाउँछ । 

    दही
    दहीले खाना पचाउन मद्दत गर्छ । तर यसमा पाइने ल्याक्टिक एसिड नामक ब्याक्टेरियाले बिहान खाली पेटमा उच्च अम्लीय सामाग्री पैदा गर्छ । त्यसैले दही बिहान खाली पेटमा भन्दा दिउँसो खाँदा राम्रो मानिन्छ । 

  • सम्बन्धित विषय:

  • # शारीरिक
  • # स्वस्थ्य

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार