नेकपा बागलुङद्वारा संसद विघटन विरुद्ध गाउँ गाउँमा प्रशिक्षण र भेला

नेकपा बागलुङद्वारा संसद विघटन विरुद्ध गाउँ गाउँमा प्रशिक्षण र भेला

  • पौष २२, २०७७ बुधवार
  • ०८:१८:४५ बजे
  • 4.7K
    SHARES
  • नेकपा बागलुङद्वारा संसद विघटन विरुद्ध गाउँ गाउँमा प्रशिक्षण र भेला

    बागलुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै नेकपा बागलुङको प्रचण्ड–माधव समुहले गाउँ–गाउँमा बैठक तथा भेला संचालन गरेको छ ।

    नेकपा बागलुङको पौष १२ गते बसेको जिल्ला कमिटिको बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको पछिल्लो कदम गैरसंवैधानिक भएको भन्दै गाउँ–गाउँसम्म कार्यकर्ता भेला तथा बैठक संचालन गरेको हो । 

    जिल्लाका दश वटै स्थानीय तहमा तय गरिएको कार्यक्रम सोमबार जिल्लाको निसीखोला गाउँपालिका र मंगलबार तमानखोला गाउँपालिकामा सम्पन्न भएको छ ।

    बैठक तथा भेलालाई सम्बोधन गर्दै नेकपा बागलुङका ईन्चार्ज बलावती शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विगटनको निर्णय अलोकतान्त्रिक र  संविधान विपरित भएको बताएकी छन् ।

    उनले सिंगो पार्टीको निर्णय भन्दा बाहिर गएर गरिएको संसद विघटन पुनस्थापना हुनुपर्ने तल्लो तहका नेता तथा कार्यकर्ताको माग रहेको बताईन । 

     भेला तथा बैठकले पनि प्रधानमन्त्रीको पछिल्लो कदमको विरुद्धमा लाग्ने र पार्टीलाई एकतामा बाँधेर जुटेर अगाडी बढनका लागि आह्वान गरेको छ । बैठकले वडा स्तरको कार्यक्रम बनाउने गाउँपालिका कार्यसमितिलाई जिम्मा दिएको नेकपा बागलुङका जिल्ला कार्यालय सदस्य लालबहादुर थापाले जानकारी दिए । 

    बैठक तथा भेलामा नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे अनिल, नेकपा प्रदेश कमिटी सदस्य राजिव घिमिरे, प्रदेश कमिटी सदस्य प्रेम घर्ति,  जिल्ला कार्यालय सदस्य लालबहादुर थापा, जिल्ला कमिटी सदस्य चन्द्र आर्याल, झक बहादुर विक, देव पुन, नेकपा तमानखोला गाउँपालिका कमिटी सदस्य प्रेम रोका लगायतले बोलेका थिए ।

    कार्यक्रम नेकपा तमानखोलाका नरेन्द्र छन्त्यालको अध्यक्षता र कार्यालय सदस्य नारायण घमालको संचालनमा सम्पन्न भएको थियो ।

    जिल्लाकै दश वटै स्थानीय तहमा बैठक तथा भेला सम्पन्न गर्दै आएको नेकपाले गलकोट ताराखोला र बरेङमा

    बाँकी रहेको र अन्य स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको बताएको छ । 

     

    सम्बन्धित समाचार