खेम गुरुङको लोकगित ‘घर त गलकोट’ सार्वजनिक (भिडीयो पनि)

खेम गुरुङको लोकगित ‘घर त गलकोट’ सार्वजनिक (भिडीयो पनि)

  • पौष २२, २०७७ बुधवार
  • ११:५८:२० बजे
  • 6.3K
    SHARES
  • खेम गुरुङको लोकगित ‘घर त गलकोट’ सार्वजनिक (भिडीयो पनि)

    बागलुङ : गलकोट, कलाकार खेम गुरुङको लोकगित घर त गलकोट सार्वजनिक भएको छ ।

     सानै उमेर देखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुब मार्फत सार्वजनिक भएको छ । 

    ‘लोकदोहोरी भनेपछि हुरुक्कै हुन्थे, विभिन्न समस्याको कारण गित रेकर्ड गर्न सकेको थिएन, लामो संघर्ष पछि मेरो सपना साकार भएको छ,’ गुरुङले भने । 

    आफ्नै लय, शब्द र संगितमा गित तयार पारेको उनले बताए । केही समय बिदेशमा रहदा जन्मभुमीको मायामा डुबेर गित तयार पारेको र अहिले सार्वजनिक गरेको उनले बताए ।

     गितको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोट मै तयार गरेको उनले जानकारी दिए । गलकोट नगरपालिका ९ बास्खोलामा जन्मिएका गुरुङले गितसंगितमार्फत जन्मभुमिलाइ देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए । 
    आर्थिक अभावको कारण बिदेशीनु पर्दा लोकदोहोरी को यात्रालाई निरन्तरता दिन नसकेको भन्दै आगामी दिनमा निरन्तर लाग्ने उनले बताए ।

    उक्त गितको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र बिपिन मल्लको अभिनय रहेको छ 

    राजन केसी ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसिले गरेका छन् । 

    म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युटुब च्यानल ईश्वर सिंह मार्फत सार्वजनिक भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # खेम गुरुङ
  • # ‘घर त गलकोट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार